कैलाली : जोशीपुर गाउँपालिका-३ बडहरीया बस्ने हरिलाल चौधरीलाई से.१ त २९८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको २ थान साल जातको काठ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा अवैध काठ राखेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले उक्त काठ र ट्याक्टर सहित उनलाई पक्राउ गरेको हो ।
बरामद काठ र ट्याक्टर सहित हरिलाललाई आवश्यक कारबाहीका लागि सब डिभिजन बन कार्यालय भजनी कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















प्रतिक्रिया