Logo

शेयर बजार

नेपाल फाइनान्सले १६ लाख ९७ हजार ५०६ कित्ता सेयर निष्काशन गर्दै



नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्नका लागि स्वीकृत पाएको छ । फाइनान्सले १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

फाइनान्सले १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ५८ बजे