Logo

अर्थ

राष्ट्रिय मनी चेन्जरको लाइसेन्स खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनी चेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त मनी चेञ्जरको लाइसेन्स रद्द गरेको हो ।

मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम मनी चेन्जरले स्वेच्छिक रुपमा कारोबार बन्द गर्न केन्द्रीय बैंकमा निवेदन पेश गरेको थियो ।

सोही निवेदनअनुसार केन्द्रीय बैंकले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरेको जनाएको छ ।

साथै सो मनी चेन्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पर्क गर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १० असार २०८३, बुधबार १३:०८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।