Logo

साहित्य

महामारीमा भोकसँग लडेको निर्धाे 



म 
रोग र भोकसँग 
औधी युद्ध लडेको शहरको निर्धा
 एका विहान मृत शहरभित्र
 रित्तो पेट
 काली गण्डकी गल्छिझै हल्लाउँछु
 मूल्य विहिन आशुअविरल 
अरुण संसारकै अग्लो स्थानबाट झारेर
 आशुले जमिन सिन्चित गराउँछु सरकार  ।। 

लालावाला साँझ बिहान 
एक सितो र टुक्रो 
गासको लागि रुन्छन र कराउछ्न 
जहाँ पशु र पक्षि  खाएर टन्न 
आफनै लयमा रमाउदा 
कोरोना महामारीको भोकको छिनोले 
मेरो परिवारको शरीरमा 
सिपालु सिकर्मीले बुट्टा कुधेर
अस्थिपन्जर बनाएको छ ।। 

 नाम्लोले छिनेको त्यो कम्मर बाँधेर
 श्रम विक्री गर्न चाहान्छु 
किनकि म भोकसँग जुवा खेलिरहेको शहरको निर्धा। 

म ईमान र पौरखमा पसिना वेचेर 
बाँचेको शहरको निर्धा
 डार्विनको ‘बाँच्नको लागी संघर्ष’ सम्झिन्छु
 आशु घट घट पिन्छु।
 ‘डार्विन’ म अनि ‘डाइनोसर’
 लकडाउनले श्रम बिक्रि नहुदा 
डार्विनको सिद्धान्त बारम्बार चुनौती दिन खोज्छु ।।

 ‘भोकै बस्नु पर्दैन भोकले कोहि मर्दैन’
 प्रधानमन्त्रीको आदर्श गीत सुनेर । 
भोकले बेहोस आत्माले 
आँखा खोल्छन 
कठै !
 गीतले हाम्रा पेट कहिल्यै भरेन 
हामी भोकले पिल्सिएर
 ‘इब्रु तिम्तिक’ जसरी मर्न आटिसक्यौ सरकार ।। 

सडकपेटि हाम्रो वालुवाटारका सुत्ने ओछ्यान ।
 खुल्ला आकाश हाम्रो शितल निवासको टाउको छोप्ने छानु 
 ए सरकार सुनन  
 हामि भोको पेट मर्नै चाहान्नौ ।।

 धन्यवाद 
तेज विक्रम देवकोटा
 त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र जनप्रशासनमा स्नातकोत्तर

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।