Logo

समाचार

चार जनामा कोरोना संक्रमण, १८ संक्रमणमुक्त



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ८१७ जनामा गरिएको नमुना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ । नेपालमा हालसम्म ११ हजार ९ सय ५२ जनाको कोरोनाबाट निधन भएको थियो ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ६ : २१ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।