पर्सा : वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा जगरनाथपुर गाउँपालिका-६ बस्ने १९ वर्षीय मुन्ना कुमार रामलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशको घरमा गत बैशाख ७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा मुन्ना कुमारले घरमा कोही नभएको मौका छोपी चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै उनको घरबाट चोरी भएको १ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।
उनी उपर चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















प्रतिक्रिया