काठमाडौं । रौतहटबाट ३० भन्दा बढी रकमसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेका छन् ।
भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गर्दा झोलाबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेको कार्यालयले जनाएको छ । रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

















प्रतिक्रिया