नेपालको चर्चित टिभी शो मुन्द्रेको कमेडी क्लबमा दिपाश्री निरौलालाई चर्चित नायिका करिश्मा मानन्धरले रिप्लेश गरेकी छिन् ।अहिलेसम्म कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी दीपाश्री अबका श्रृंखलाहरुमा भने देखिने छैनन् । उनको सट्टामा करिश्माले कार्यक्रमको अध्यक्षता गर्नेछिन् ।
दीपाश्रीलाई रिप्लेश गर्नुको कारण खुलाइएको छैन । तर केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होइन भनेर दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी थिइन् । त्यही विवादका कारण प्रायोजक कम्पनीको दबाबमा दिपाश्रीलाई हटाईएको अनुमान गरिएको छ ।
तर दिपाश्रीले भने आफू शो को पहिलो सिजनको मात्र अध्यक्ष भएको प्रष्ट पारेकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुन लागेको जानकारी गराउदै कार्यक्रममा धेरै परिवर्तनहरू गरिएको उल्लेख गरेकी छिन् ।
अप्रत्यक्ष रुपमा आफू शोबाट बाहिरिएको जानकारी गराउदै उनले पहिलो सिजन अवधिभर आफूलाई माया र समर्थन गर्ने शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छिन् । दिपाश्रीले निकट भबिष्यमा फेरि टेलिभिजनको पर्दामा केहि फÞरक कार्यक्रमसहित उपस्थित हुने जानकारी समेत गराएकी छिन् ।
लकडाउपछि छायांकन बन्द भएको मुन्द्रेको कमेडी क्लब युवा पुस्ताका चर्चित कमेडियन जीतु नेपालले सञ्चालन गर्दै आएका छन् । मुन्द्रेको कमेडी क्लबको नयाँ एपिसोड हालै मात्र छायांकन गरिएको छ । अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिका पत्नी एलिजा गौतमका साथमा अतिथिका रुपमा रहने बताइएको छ ।




















प्रतिक्रिया