लहान : अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका-९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ ।
चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् । उक्त नगरपालिका र धनगढीमाई नगरपालिका अन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ ।















प्रतिक्रिया