Logo

सुरक्षा/अपराध

अवैध लागूऔषध ब्राउनसुगर सहित पाँच जना पक्राउ  



सुनसरी : कोशी गाउँपालिका-८ भान्टाबारीबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु कबिरथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

त्यसैगरी, कञ्चनपुर भिमदत्त नगरपालिका-४ सुन्दराटोल बस्ने भुवन साहुलाई आफ्नै घरमा रहेको होटल एण्ड लजबाट १ ग्राम ४२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ३ हजार ६ सय ५५ रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुर :  बेलौरी नगरपालिका-९ रतनपुर खजुवाबस्तीबाट १२ ग्राम २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल ठगुन्नालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संघीय प्रहरी इकाई कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

बर्दिया : मधुवन नगरपालिका-८ लालीबजारबाट करिब ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ११ हजार २ सय रुपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय पप्पु अन्सारी र सोही ठाउँ बस्ने २३ वर्षीय बिकास चौधरी रहेका छन् । पैदल हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।