Logo

समाचार

निःशुल्क स्वास्थ्य शिविरमतगणनास्थल सभागृहमा



स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

सो स्थलमा मतगणनाकार्य सम्पन्न नभएसम्म उपस्थिति हुने उम्मेदवार, निर्वाचन सम्पन्न गराउन खटिएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकसमेतलाई रक्तचाप परीक्षण, अन्य आवश्यक प्राथमिक उपचारलगायतलाई ध्यान राखेर शिविर सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत धनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

चावहिलस्थित सो अस्पताल दन्त्य चिकित्सामा लोकप्रिय मानिन्छ । लायन्स क्लब काठमाण्डू डिष्ट्रिक्ट ३२५, ‘एफ’का गभर्नर डा राजेन्द्र गिरीले आफूहरुले यस प्रकारका सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने क्रममा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

लायन्स क्लब काठमाण्डू, युनिकका चिफ गणेश केसीले शिविरमा कुनै व्यक्तिलाई स्वास्थ्यमा कठिनाइ भएमा तत्काल अस्पताल लैजान तयारी हालतमा एम्बुलेन्सलाई पनि सभागृहमै राखिएकाले सो शिविरको सदुपयोग गर्न आग्रह गर्नुभयो । मुलुकककै सबैभन्दा ठूलो महानगरको मतगणना आज बिहानदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ३ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।