Logo

साहित्य

ख्वामित्  !



ख्वामित् 
सत्तालाई,
अलग हुने आदेश दिए,
विपक्षीलाई,
पुर्नस्थापनाको आदेश दिए,
साना लोकन्तेहरुलाई,
कुर्सीमा बस्ने मौका दिए,
१४६ हो कि १४९ ?
कालोकोट डिंगाहरुको,
पुलिन्दाको खातै छ,
न्याय मर्यो भन्छन्,
कानुन अन्धो छ,
कलम कलुषित नै छ !
अव के गरौ ?
ख्वामित् 
************
ख्वामित् के गरौ ? 
कता फर्काऊ कलम ? कता ढल्काऊ ट्रफी ?
बालुवाटार, खुमलटार, बुढानिलकण्ठ, कोटेश्वर !
नेपथ्यबाट,
सत्तालाई अझै दिग्भ्रमित हुन देऊ,
पक्षभित्रको विपक्षलाई फुट्न देऊ,
ख्वामित् 
को पक्ष ? को विपक्ष ?
सबै घनचक्कर मै छन्,
नेपथ्यबाट, 
सत्ता फुट्या छैन,
लोभी पापी र्याल चुहाउदै छन्,
रवड झै तन्काउनु-लम्बाउनु, 
छलफल, बैठक, वहस 
हस् ख्वामित् 
गल्ली,सडक, छापामा,
लालाबाला, आसे,पासे, ढोके, बैठके,
चर्को स्वरमा कराऊदै छन, नि ?
नेपथ्यबाट,
एकान्तवासमा,
सत्तालाई भन्नु सोध्नु ?
संकटै-संकट छ ?
सत्ता रोज्ने कि बाहिरिने 
सोधे ख्वामित् ( सत्ता रे  
के गरौ त ?
जनमत जता छ त्यही गर्नु,
धारा ७६ (५) हो !
हो !
गो ‘.. गो‘…
गोवयल्स शैलीमा लैजाने ?
पर्दा उघ्रियो।
गो‘यल र गो‘।।यल
ख्वामित् । हजुर पो !
———————————
सुन्दर पन्त 
नागार्जुन-१०, काठमाडौं सुन्दर पन्त 

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ४ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।