व्यवसायी बिनोद चौधरीले आईसीयु वार्ड स्थापना गर्नुको उद्धेश्य खुलाएका छन् । सामाजिक सञ्जाल मार्फत चौधरीले यस्तो कुरा खुलाएका हुन् ।
चौधरी लेख्छन् – ‘सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको छ । कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो ।’
वीर अस्पताललाई सुविधासम्पन्न बनाउनुको कारणबारे अझ लेख्छन् – ‘यसका लागि आमनागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी बोध गरेर हामीले वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरेका हौं ।’















प्रतिक्रिया