Logo

प्रमुख समाचार

वीरगञ्जमा सत्ता गठबन्धनका राजेशमानको १४१५ अग्रता, एमाले धेरै पछाडि



पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंह आफ्ना निकटतम प्रतिद्वन्दीसँग ठूलो मतान्तरले अघि छन् । उनी निकटतम प्रतिद्वन्दी भन्दा १४१५ मतले अघि छन् ।

शुक्रबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार सिंह दुईहजार ६ सय चार मत ल्याएर अग्रस्थानमा रहेको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

उनका प्रतिद्वन्दी एमालेका मेयर उम्मेदवार विजय सरावगीले एक हज़ार एक सय ८९ मत ल्याएका छन् । राप्रपा का मेयर उम्मेदवार गिरिश गिरीको भने ८६ मत छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १८:४८   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।