Logo

सुरक्षा/अपराध

कटुवा पेस्तोल तथा लागूऔषध सहित पक्राउ  



मोरङ : सुनवर्षी नगरपालिका-८ बिश्वकर्मा टोल बस्ने ६० वर्षीय अब्बास मियालाई  १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मियाको घरमा हातहतियार राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।