सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए ।
स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन् ।
२०७४ सालको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेस कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए । गएको वर्ष असार २० गते उनको निधन भएको थियो ।
अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् । उनी काठमाडौंमा बिबिएस पढिरहेका थिए । यसपालि उनलाई बुवा यादवले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिलाएका थिए ।





















प्रतिक्रिया