Logo

प्रमुख समाचार

वीरगञ्जमा राजेशमान सरावगीभन्दा ४५०९ मतले अगाडि



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् ।

१६ हजार ४४७ मत गणना हुँदा सिंहले ८१३१ मत ल्याएका छन् भने एमालेका सरावगीले ३६२२ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ४९३२ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का पुरुषोत्तम लाल झाले ७८३ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १५:५४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।