Logo

प्रमुख समाचार

पर्साबाट उदायो रमेश खरेलको नेपाल शुसासन पार्टी



पूर्वडीआईजी रमेश खरेलले नेतृत्व गरेको नेपाल शुसासन पार्टीले पर्साको पोखरिया नगरपालिकामा वडाध्यक्ष जितेको छ।

पोखरिया नगरपालिकामा शुसासन पार्टीका नौसाद आलम ८ सय ७७ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ७८ र नेकपा एमालेका रामेश्वर महतो चाईले ५ सय ८ मत ल्याएका छन् । उक्त नगरपालिकाको मेयरमा पनि सुसासन पार्टीको उमेद्ध्वारी रहेको छ। उक्त पार्टीका शंकर राउत अहिर २ हजार २ सय १६ मतसहित दोस्रो स्थानमा छन् ।

शीर्षस्थानमा रहेका एमालेका प्रदुमन प्रसाद चौहानको नाममा २ हजार ९ सय ५७ मत रहेको छ । हालसम्म वडा १, २, ३, ९ र १० नम्बरको मतगणना सम्पन्न भएको छ । १, २, ३ नम्बर वडामा एमालेले वडाध्यक्ष जितेको छ भने १० नम्बरमा कांग्रेसले हात पारेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १६:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।