Logo

समाचार

आज १९ जना थपिएसँगै कति पुग्यो नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ?



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ३ हजार ५६५ पीसीआर परीक्षणमा १८ जना र ६३२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यसैगरी, मंगलवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ६ : १९ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।