Logo

मधेश प्रदेश

२१ वर्षिय युवा गाउँपालिका अध्यक्षमा विजयी



२१ वर्षीय वशिष्ठकुमार कलवाल पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहेका कलवालले गाउँपालिका अध्यक्ष जितेका हुन् । अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याएका छन् ।

कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गरेका हुन् । अजय कुमारले ३ हजार ६ सय २६ मत ल्याएका छन् । वशिष्ठकुमार जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा हुन् ।

दिनेशजीले मेरो भतिजो युवा छ । पार्टीमा क्रियाशील छ । उसैलाई उठाउने हो भने जित्छ भन्नुभयो । उहाँकै आग्रहमा टिकट दिएको हो, जसपा सांसद प्रदीप यादवले भने, २१ वर्ष २ महिना मात्रै पुगेका युवाले चुनाव जितेका छन् । यसले हामीलाई उत्साही बनाएको छ ।

२०७४ मा यो पालिकामा नेपाली जनता दलका नाथुनीप्रसादले अध्यक्ष जितेको थिए । तत्कालिन संघीय समाजवादी फोरम अहिलेको (जसपा)ले उपाध्यक्ष जितेको थियो ।

अध्यक्ष नाथुनीप्रसादको कोरोनाका कारण निधन भएको थियो । यसअघि सर्लाहीको रामनगरमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादवले गाउँपालिका अध्यक्ष जितेका थिए।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।