Logo

बैंकिङ

माछापुच्छ्रे बैंकले लियो ट्वीन्टी–ट्वीन्टी स्मार्ट योजना, २० प्रतिशतसम्म क्यासव्याक हुने



माछापुच्छ्रे बैंकले आफ्नो स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा ‘ट्वीन्टी–ट्वीन्टी’ स्मार्ट योजना संञ्चालनमा ल्याएको छ । योजना अनुसार ग्राहकहरुले बैंकको डेविट  कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सकिने छ । 
चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो । 
यो योजना आजदेखि २० दिनसम्म लागु हुनेछ । 
बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो । 
हाल बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५०० बढी पिओएसमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  १० : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।