Logo

सुरक्षा/अपराध

प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा ३ जना पक्राउ



धनुषा : प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३० वर्षीया शुशिला थापा लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

धनुषाधाम नगरपालिका-९ धारापानीमा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र तयारी मदिरा नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीलाई ढुङगा प्रहार गर्नुका साथै मदिरा छ्यापेपश्चात उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ढुङगा प्रहारबाट १ जना प्रहरी कर्मचारी घाइते भएका छन् भने उक्त प्रहरी कार्यालयको गाडीको अगाडिको सिसा समेत फुटेर क्षति भएको छ । 
 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।