Logo

अर्थ

यस्तो छ विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे डा. संग्रौलाको टिप्पणी



काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारदेखि छलफल प्रारम्भ एको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव मंगलबार पेश गरेपछि बुधार (आज)देखि छलफल सुरु भएको छ । यसबारे नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले गरेकी टिप्पणी जस्ताको त्यस्तै :

अर्थमन्त्रीले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक आत्मनिर्भर, अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने संघीय संसदमा जानकारी गराउँदै यसका प्राथमिकता र सिद्धान्तलाई तय गर्दा नेपालको संविधान, १५ औं योजना, दिगो विकासका लक्ष्यहरु र सरकारको साझा न्यूनतम कार्यक्रमलाई मुख्य आधार बनाएको देखिन्छ । यसबारे मेरो पनि केही प्राथमिकता रहेको छ ।

१. बजेट आमजनतालाई सकारात्मक प्रभाव पार्ने र निम्नवर्गका तह र तप्कालाई माथि उकास्ने खालको हुनुपर्छ । धनी र गरिबको खाडल कम गर्न करको समुचित व्यवस्थापन गर्न सक्नु पर्दछ ।

२. उत्पादनमा वृद्धि गर्ने, रोजगारी बढाउने, आयात घटाउने र निर्यात बढाउने खालको बजेट तर्जुमा हुनु पर्दछ । स्वदेशी उत्पादनलाई प्रोत्सहान र विलासीलता वस्तुहरुको आयातलाई हतोत्साही बनाउन जरुरी छ ।

३. उत्पादनमूलक क्षेत्रमा लगानीको मात्र बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्दछ ।

४. पूर्वाधार विकासलाई जोड दिदै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत, खानेपानी, सिंचाई, सडक, सामाजिक सुरक्षा र न्याय जस्ता कुराहरुलाई एकअर्कामा सामनजस्यता कायम गरी प्राथमिकताको आधारमा विकास गर्दै अर्थतन्त्र मजबुत बनाउन सक्नु पर्दछ ।

५. बजेटले प्रत्येक नागरिकलाई आफ्नो देश प्रतिको राष्ट्रियताको भावना जगाउँदै स्वदेशमा नै रोजगारी गरी उत्पादन वृद्धि गर्ने र उत्पादित वस्तुको निर्यात गरी अर्थतन्त्र मजबुत बनाउन सक्नु पर्दछ ।

६.आम्दानीको स्रोतहरुलाई व्यवस्थापन गर्दे अनुपात्दक खर्चलाई कटौती गर्न सक्नु पर्दछ ।

७. सहयोग र अनुदानलाई लक्षित क्षेत्रमा कार्यान्वयन गर्दै भरसक ऋण लिने प्रवृत्तिलाई कम गर्दै जानु पर्दछ ।

८. भ्रष्ट्राचार, कमिशन, चुहावट जस्ता कुरालाई रोक्न प्रभावकारी कदम ल्याउन आवश्यक छ ।

९. युग अनुसारको नयाँ प्रविधिको विकास गर्दे हरेक क्षेत्रमा लागु गर्न आवश्यक छ । जलवायु परिवर्तन र विपद व्यवस्थापनमा विशेष जोड दिन सक्नु पर्दछ ।

१०. ‘‘मेरो देश मैले नै बनाउनु हो’’ भन्ने कुरा प्रत्येक नागरिकमा ल्याउन सबै पक्षबाट इमान्दारिता हुनुृपर्ने सन्देश आगामी बजेटमा आउन जरुरी छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ६ : ४७ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।