दाङ : लमही नगरपालिका-१ नर्ति बस्ने ५५ वर्षीय बासुदेब चौधरी दाउरा प्रहारबाट आइतबार गम्भीर घाइते भएका छन् । घरायसी विवादको कारण आफ्नै छोरा २५ वर्षीय ओम प्रकाश चौधरीले दाउरा प्रहार गर्दा बासुदेब गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ओम प्रकाशलाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारको लागि स्थानीय सुसिल पोलिक्लिनिक नर्तिमा पठाइएको छ ।
त्यसैगरी, धनुषा शहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने ७० वर्षीय रामअवतार यादव अपरिचित व्यक्तिले आइतबार राति धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन् । आफ्नै घर नजिकै रहेको गोठमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिहरुले यादवलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुरतर्फ पठाएको छ ।
हाल फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया