Logo

कर्पोरेट फोकस

अन्नपूर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाउने



काठमाण्डौ । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो। जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँदै आइरहेको छ ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट टिकट काट्दा बिलमा १०% सम्म छुट पाउनेछन् । उक्त केबलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ ।

बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी केबलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ८ : १३ बजे