एङ्लो-स्वीडिस औषधि उत्पादक मुलुक एस्ट्राजेनेकाले कोरोना संक्रमितको एन्टीबडी उपचार सफल नभएको जनाएको छ । एस्ट्राजेनेकाले मंगलबार आफ्नो मोनोक्लोनल एन्टीबडी उपचारका लागि गरिएको अध्ययनले लक्ष्य पूरा गर्न नसकेको जनाएको छ ।
एस्ट्राजेनेका कोरोना भाइरसको संक्रमण भएका व्यक्ति तथा लक्षण देखिएका व्यक्तिहरुलाई गरिएको उपचारको प्रयोगले लक्ष्य पूरा गर्न नसकेको जनाएको छ । कम्पनीले अध्ययनमा संलग्नहरु १८ वर्षभन्दा माथिका खोप नलगाएका वयस्कहरु रहेको जनाएको छ । पछिल्लो आठ दिनमा कोरोना भाइरसको संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु भएको जनाइएको छ ।
यस अध्ययननका क्रममा लक्षण देखिएका कोरोना संक्रमितमा ३३ प्रतिशत मात्रै सफल देखिएको र यो तथ्यांकीय हिसाबमा महत्वपूर्ण नभएको कम्पनीले जनाएको छ ।
लक्षण देखिएका बिरामीहरुमा यो सफल नभए पनि पीसीआर नेगेटिभ देखिएका सहभागीहरुमा भने यसले सुरक्षा प्रदान गर्ने एस्ट्राजेनेकाका कार्यकारी प्रमुख मेने पांगालोसले जनाएका छन् । एस्ट्राजेनेकाले कोरोना संक्रमितको सम्पर्कमा आउनुअघिको सुरक्षा प्रदान गर्न र अन्य रोगको संक्रमणबाट जोगाउनका लागि थप अध्ययन भइरहेको जनाएको छ । – रोयटर्स




















प्रतिक्रिया