Logo

राजनीति

बागमती गाँउपालिकामा सुत्केरीलाई भत्तासँगै निःशुल्क एम्बुलेन्स सेवा



ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वीरबहादुर लोप्चनले पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेजसहित यस्तो निर्णय गरेका हुन् ।

उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेको बताए। उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्ने समेत निर्णय भएको छ ।

सपथ ग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुबाएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १७:२०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।