सुर्खेत : बालबिबाह र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका-२ बाङेसिमल कोलडाडा बस्ने २७ वर्षीय टेक बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बालबिबाह र जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको फैसलाले १ वर्ष ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया