Logo

सुरक्षा/अपराध

जबरजस्ती करणी गरी फरार रहेका १ जना पक्राउ  



सुनसरी : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका इनरुवा नगरपालिका-९ बस्ने ३४ वर्षीय प्रमोद मेहतालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई गत जेठ ३ गते जबरजस्ती करणी गरी फरार रहेका उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ । 

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  २ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।