Logo

सेयर बजारमा सामान्य सुधार, चार कम्पनीको मूल्यमा सर्किट



मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से ३ दशमलव १७ अंकले वृद्धि भएर १५८५ दशमलव ३० बिन्दूमा रोकिएको छ । 
आज दिनभर कारोबारमा आएका १९५ कक्पनीको ८७ लाख ९४ हजार ४४७ कित्ता सेयर किन बेच हुँदा २ करोड २० करोड ९२ लाख ४८ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै आज १२ वटा समूहको उपसूचक मध्ये विकाश बैंक, फाइनान्स, हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी ओरालो लागेका छन् । 

यो दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड, नगाढी पावर ग्रुप र माउन्टेन हाइड्रो पावरको सेयर मूल्यमा सर्किट लागेको हो । 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।