बैंकिङ सेवालाई पूर्ण डिजिटल बनाउँदै अगाडि बढिरहेका नेपालका वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंकको पनि उल्लेखनीय भुमिका रहेको छ ।
सन् १९९८ मा नेपालको पश्चिमाञ्चल क्षेत्रबाट पहिलो क्षेत्रीय वाणिज्य बैंकको रूपमा दर्ता भएको माछापुच्छ्रे बैंक सन् २००० सालदेखि पोखराबाट बैंकिङ अभ्यासको थालनी गरेको थियो । बैंकले ग्राहकहरूको आवश्यकतालाई सहयोग पुर्याउँदै ‘आर्ट टेक्नोलोजी’हरू र विवेकपूर्ण अन्तर्राष्ट्रिय अभ्यासहरुमा पछिल्लो समय बैंक आक्रमक देखिएको छ । बैंकले देशको बैंकिङ उद्योग भर्खरको प्रविधि ल्याउन अग्रसर छ ।
यो केन्द्रीकृत बैंकिङ सफ्टवेयर, स्वीट्जरल्याण्डको टेमेनोस एनवीको ग्लोबस बैंकिंङ प्रणाली परिचय गर्ने पहिलो बैंक हो । बैंकले आधुनिक बैंकिङ सुविधाहरू प्रदान गर्दै, शाखा बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर सुविधा, उपयोगिता बिल भुक्तान (टेलिफोन र मोबाइल), एटीएम (भिसा डेबिट कार्डहरू) को सेवा दिइरहेको छ ।
प्रविधिमा अब्बल मानिएको माछापुच्छ्रे बैंकले अब भने आफ्नै डिजिटल वालेट रेमिट एप सार्वजनिक गरेको हो । पहिलो चरणमा रेमिट एपबाट कुनै पनि वालेट सेवाजस्तै विविध खर्चहरु सहजै तिर्न सकिन्छ भने विभिन्न क्यास ब्याक, कमिशन लयागतको आकर्षक योजना पनि रहेको छ । जारी यूरोकपलाई ध्यानमा राखेर ‘यूरो कप प्रेडिक्ट एण्ड विन’ पनि उक्त एपमा सञ्चालनमा रहेको छ ।
माछापुच्छ्रे बैंकका विप्रेषण विभागका प्रमुख सुदन भण्डारीले रेमिट एप पहिलो चरणामा सञ्चालनमा रहेको कारण आम वालेट जस्तो देखिए पनि निकट भविष्यमा संसारको जुनसुकै कुनाबाट पैसा आदान प्रदान गर्न सकिने प्रणालीको विकास भइरहेको बताए । करिब दुई महिना अगाडि लञ्च भएको यस एपमा १० हजारभन्दा बढि प्रयोगकर्ता आवद्ध छन भने यसको अध्यावधिक गर्ने काम पनि भइरहेको छ ।
आठ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको देशभर एक सय ६० शाखा सञ्चालन भइरहेका छन् भने एक सय ६४ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ । देशभर माछापुच्छ्रे बैंकको दुई सय वटा एटिएम सेवा सञ्चालनमा छन् ।
प्रतिक्रिया