Logo

बैंकिङ

एनआइसी एशिया रेमिटबाट  दुईपटक पैसा पठाउँदा एकपटक निःशूल्क  



एन आई सी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क पठाउन सकिने भएको छ । रेमिट्यान्सले विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्वको अवसर पारेर यस्तो योजना ल्याएको हो । 

अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । 

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  ४ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।