Logo

समाचार

पछिल्लो २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण, ९ डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरबाट १८८९ नमूनाको पीसीआर र ८२८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ४ र एन्टिजेनबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थप ९ जना कोरोनामु्क्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या १२८ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्‍टामा ४७ हजार ९७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।