Logo

बैंकिङ

सोमबारदेखि पूर्ण रूपमा बैंकहरु सञ्चालन हुने 



कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न  कार्यसमितिको बैठकमा सबै बैङकिङ कारोबार खुला गर्ने सहमति भएको छ ।

संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैङ्कहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हा । पछिल्लो समय बैङ्कका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्ने विषयमा पनि सबै बैङ्करको धारणा लिएर  निष्कर्षमा  पुग्ने  निर्णय पनि सङ्घले गरेको उनले बताए । 

निषेधाज्ञा खुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप  गरे पनि खुकुलो बनाएको छ ।  

अहिले  निषेधाज्ञा  कारण  शाखाहरू  पनि  आलोपालो छ भने निक्षेप झिक्ने  र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २स्०० बजेसम्म मात्र खुलिरहेका छन् । परिस्थिति सहज भएसँगै मालपोत कार्यालय खुलेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ ।  यस्तै ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको सङ्घले जनाएको छ । यसअघि बैङ्कमा भीडभाड बढेको भन्दै राष्ट्र बैङ्कको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैङ्कर्स सङ्घले निर्णय गरेको थियो । 

वर्षाका कारण यसअघि रोकिएका काम पनि सक्नुपर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको सङ्घले जनाएको छ । यसअघि बैङ्क तथा वित्तीय सस्थाले स्थानीय प्रशासनसँग  समन्वय गरी असार १ गते मङ्गलबारदेखि स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको थियो । (यो समाचार आजको गेरखापत्र दैनिकमा छापीएको छ)

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।