Logo

सुरक्षा/अपराध

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   



नुवाकोट : बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका-३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।