Logo

सुरक्षा/अपराध

अबैध लागूऔषध चरेस सहित एक जना पक्राउ



दार्चुला : मार्मा गाउँपालिका-३ लटिनाथ बजारमा खुद्रा पसल गरी बस्ने सोही गाउँपालिका-४ घर भएका ४३ वर्षीय पदम बिष्टलाई करिब २८ ग्राम अबैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटीएको प्रहरीले उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।