नेपाल राष्ट्र बैंकले २६ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल श्रावण ५ गते परिपक्क हुनेछ ।
बैंकले ९१ दिनको अवधिको लागि ११ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज ५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पौष ६ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल (भोलि) असार ७ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर असार ८ गते, मंगलबार बिक्री हुनेछ ।
प्रतिक्रिया