सवारी चालक अनुमतिपत्रकुनै सवारी साधन चलाउन अनुमति दिइएको प्रमाणपत्र हो । नेपालमा यसलाई बोलीचालीको भाषामा ’लाइसेन्स’ मात्र पनि भनिन्छ । तर वास्तवमा अनुमतिपत्र भन्नाले कुनै उद्योग, कम्पनी वा संस्था सञ्चालन गर्न वा कुनै पेशा, व्यवसाय वा उद्यम गर्न वा कानुनद्वारा तोकिएको अन्य कार्य गर्न संबन्धित निकायबाट कानुनी प्रक्रिया सम्पन्न गरेर अनुमति लिइएको प्रमाणपत्र हो । नेपालमा हाल यातायात व्यवस्था विभागद्वारा सवारी चालक अनुमतिपत्र दिइने व्यवस्था छ। यस अघि यो जिम्मेवारी नेपाल प्रहरीसँग थियो ।
परीक्षार्थीको लागि केही विषेश सूचना यसप्रकार रहेको छ
चालकले ध्यान दिनु पर्नी जानकारीहरु
- बायाँबाट पैदल यात्री हिड्ने
- दाहिने साइडबाट ओभरटेक गर्ने
- बायाँ साइडबाट सवारी साधन चल्ने
- बायाँ घुम्दा बायाँ साइड लाइट बाल्ने
- दायाँ घुम्दा दायाँ साइड लाइट बाल्ने
प्राथमिक उपचारका सिद्धान्तहरू
-सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ , सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
-भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन ।
-नजिकैको अस्पताल अथवा मेडिकल सेन्टरमा पिडितलाइ लैजाने ।
-सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ ।
-दुर्घटनामा घाइते भएको व्यक्तिको रगत थाम्न रगत बगेको ठाउँमा थिचेर राख्ने वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।
-घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लैजाने व्यवस्था गर्नुपर्छ ।
केही मितीहरु
- नेपाल ट्राफिक प्रहरीको व्यवस्था वि.स. २००९ सालमा भएको हो ।
- सवारी तथा यातायात व्यवस्था ऐन वि.स. २०४९ सालमा बनेको हो ।
- सवारी तथा यातायात व्यवस्था ऐन पहिले पटक सम्सोधन वि.स. २०५० भाद्र ०५९ मा बनेको हो ।
- सवारी तथा यातायात व्यवस्था नियमावली जारी वि.स. २०५४ सालमा भएको हो ।
- पहिलो पटक ट्राफिक लाईटको व्यवस्था बेलायतमा सन् १९२० मा भएको थियो ।
- वि.स. २०६० माघ १ बाट यातायात कार्यलायले लाईसेन्स दिन थालेको हो ।
















प्रतिक्रिया