वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ ।
आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।
१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?
पुष्पराम केसी
– वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।
– ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने ।
– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थियो । वैशाख २० गते राजु अर्याल सङ्गठनको प्रमुखमा नियुक्त हुने ।
२. युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’बाट सम्मानित हुने महिला उद्यमी को हुनुहुन्छ ?
कृतिका लम्साल (स्विट फिक्सकी संस्थापक)
– (उहाँलाई एक लाख रुपियाँ नगद र हीराको लकेट प्रदान गरिएको ।)
३. गीत–सङ्गीत र साहित्य क्षेत्रमा १०८ विश्व रेकर्ड कायम गर्न सफल व्यक्तित्व को हुनुहुन्छ ?
डा. डीआर उपाध्याय
४. १३२ केभी प्रसारण लाइन क्षमताको सोलु करिडोरको उद्घाटन कहिले भएको हो ?
वि.सं. २०७८ चैत १९
– प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित समारोहमा दुवै देशका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यममार्फत सो करिडोर उद्घाटन गरिएको ।
– २०७८ फागुन महिनामा निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपश्चात् सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा
जोड्न सहज भएको ।
– चैत १९ मा नै प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको वार्तापछि नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार एवं पारस्परिक सहयोग तथा सहकार्य गर्नेसम्बन्धी निम्नानुसार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको ः
– अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने,
– नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग,
– पेट्रोलियम क्षेत्रमा सहयोग,
– नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदान ।
५. वि.सं. २०७८ मा प्रदान गरिने कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?
नवराज न्यौपाने
६. फोब्र्सद्वारा प्रकाशित विश्वका धनाढ्यको सूचीअनुसार दक्षिण एसियाबाट भारतबाहेक डलर अर्बपतिको सूचीमा पर्न सफल एक मात्र अर्बपति को हुन् ?
विनोद चौधरी
– दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका ।
– विश्वभरका धनीहरूका बारेमा सूची प्रकाशित गर्ने फोब्र्सको सूचीमा चौधरी सन् २०१३ देखि निरन्तर रहँदै आएका ।
– सो सूचीअनुसार भारतमा १६६, चीनमा ५३९ अर्बपति रहेका । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिको सङ्ख्या ७३५ रहेको ।
फोब्र्सको सूचीअनुसार विश्वका सर्वाधिक धनी दस व्यक्ति ः
– १. एलन मस्क, अमेरिका
– २. जेफ वेजोस, अमेरिका
– ३. बर्नाड आर्नल्ट, फ्रान्स
– ४. विल गेट्स, अमेरिका
– ५. वारेन बफेट, अमेरिका
– ६. ल्यारी पेज, अमेरिका
– ७. सेर्गेइ ब्रिन, अमेरिका
– ८. ल्यारी एलिसन, अमेरिका
– ९. स्टिभ बलमेर, अमेरिका
– १०. मुकेश अम्बानी, भारत
७. छायाँछवि डी सिने अवार्डअन्तर्गत लाइफटाइम लिजेन्ड्री अवार्ड यस वर्ष (२०७८ मा) कसलाई प्रदान गरियो ?
अभिनेत्री भुवन चन्द
– नेपालमै निर्मित पहिलो चलचित्र ‘आमा’का प्रथम अभिनेत्री भुवन चन्दलाई सो अवार्ड प्रदान गरिएको ।
– त्यस्तै पुरुषतर्फ अभिनेता तथा पाइलट विजय लामा र महिलातर्फ अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरिएको ।
– २०२२ सालमा निर्मित आमा चलचित्रपछि चन्दले हिजो आज भोलि, दुई थोपा आँसु, कोसेली, सीमारेखा, नेपालीबाबुलगायतका फिल्ममा अभिनय गरेकी ।
– २०४१ सालमा निर्मित चलचित्र आदर्श नारीबाट अभिनय यात्रा सुरु गरेका अभिनेता लामाले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लन्डनलगायत फिल्ममा अभिनय गरेका ।
– अभिनेत्री तथा निर्देशक थापाले २०५३ सालमा फिल्म दाइजोबाट अभिनय यात्रा सुरु गरेकी थिइन् भने धर्मसङ्कट, गोर्खाली, बादलपारि, जीवनसाथी, तकदिर, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाइलगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी ।
८. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
भण्डारखाल पर्व
९. नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?
किसान
१०. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
रवीन्द्रनाथ टैंगोर (भारत)
११. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
मेकियाबेली
१२. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुने गरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?
वि.सं. २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५)
१३. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?
वि.सं. २०७५ असोज ६
१४. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?
सन् २०१८ मार्च २८
१५. “निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो” भन्ने भनाइ कसको हो ?
अब्राहम लिङ्कन, अमेरिकी पूर्वराष्ट्रपति





















प्रतिक्रिया