काठमाडौँ । ट्याक्सी सेवा प्रदायक कम्पनी ट्याक्सीमान्डुले काठमाडौंमा निःशुल्क शौचालाय सेवा सुरु गरेको छ । काठमाडौं महानगरले होटेल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने प्रयास गरिरहेको अवस्थामा आफूले पनि निःशुल्क शौचालय प्रयोग गर्न दिएर सहयोग गरेको कम्पनीले जनाएको छ ।
ट्याक्सीमान्डुका सञ्चालक अर्जुन केसीका अनुसार राजधानीको गोपीकृष्णमा रहेको कर्पोरेट अफिसको दुईवटा शौचालयलाई सार्वजनिक प्रायोजनका लागि छुट्टयाइएको छ । यी शौचालय सरसफाइका लागि छुट्टै कर्मचारीसमेत राखिने उनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाभित्र सर्वसाधारणमा शौचालयको सहज पहुँच नपुगिरहेको सन्दर्भमा नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंका रेस्टुरेण्टसँग समन्वय गरेर सबै निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने बताएका छन् ।




















प्रतिक्रिया