Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–१०)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।


१. सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ?

उत्तर– अस्ट्रेलिया

– अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको ।

– अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्न भयो ?

उत्तर– वि.सं. २०७८ चैत १८–२०

३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण गरी कहिले लोकार्पण गरियो ?

उत्तर– वि.सं. २०७८ चैत २१

– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काष्ठमण्डपको

उद्घाटन भएको ।

– हाललाई उद्घाटनको दिन मात्र खुला गरिएको काष्ठमण्डप पछि प्रवेश गर्न मिल्ने व्यवस्था मिलाएर केही समयपछि खुला गरिने बताइएको ।

– काष्ठमण्डप परिसरमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी काष्ठमण्डपको उद्घाटन भएको ।

४. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा २०७९ मा प्रदान गरिने इन्जा बौद्धिक अनुसन्धानवृत्ति कसलाई दिइयो ?

उत्तर – कपिल काफ्ले (वरिष्ठ पत्रकार) र देवराज अर्याल (त्रिविका पत्रकारिता विषयका उप–प्राध्यापक)

– (पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धातालाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इञ्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको ।)

५. वि.सं. २०७९ वैशाख १ का दिन महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालरत्नबाट कसलाई विभूषित गरियो ?

उत्तर – पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (मरणोपरान्त)

– राजनीतिज्ञ स्व. सुवर्णशमशेर राणालाई मरणोपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरवबाट विभूषित गरिएको ।

– राजनीतिज्ञ स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, स्व. दुर्गानन्द झा र स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा राजनीतिज्ञ मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रद्वीपबाट विभूषित गरिएको ।

– राजनीतिज्ञहरू प्रदीप नेपाल र स्व. पोष्टबहादुर बोगटी तथा स्व. मार्सलजुलुम शाक्यलाई सुप्रसिद्ध जनसेवाश्रीबाट विभूषित गरिएको ।

– न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीपबाट विभूषित गरिएको ।

– सरकारले २०७८ साल असोज ३ गते संविधान दिवसको अवसर पारी घोषणा गरेको मानपदवी नयाँ वर्षको अवसर पारी प्रदान गरिएको ।

६. विश्व बैङ्कले सन् २०२२ अप्रिल १३ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर कति हुने जनाएको छ ?

उत्तर – ३.७ प्रतिशत

– चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त तर क्रमिक सुधार हुने विश्व बैङ्कले उल्लेख गरेको ।

– कोरोनाविरुद्धको खोपदर उच्च रहेको र सेवा क्षेत्रको पुनरुत्थानका कारण आर्थिक वृद्धिदरमा सुधार आउने तर रुस–युक्रेन युद्धका कारण बाह्य परिस्थिति प्रतिकूल रहँदा आर्थिक वृद्धिदर सुस्त रहने विश्व बैङ्कले प्रक्षेपण गरेको ।

– सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत हुने अनुमान गरेको ।

७. २०७८ असार÷साउनमा आएको बाढीले क्षति पु–याएको मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकमा पुनः पानी पठाउन कहिलेदेखि थालियो ?

उत्तर – वि.सं. २०७८ चैत २९

– असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पु¥याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो ।

– क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पुनः सञ्चालन गर्न थालिएको ।

८. तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन कहिले सम्पन्न भयो ?

उत्तर – वि.सं. २०७८ चैत २८–२९

९. सन् २०२२ मा सम्पन्न त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ?

उत्तर – नेपाल

– यस प्रतियोगितामा नेपाल, मलेसिया र पपुवा न्युगिनी गरी तीन राष्ट्रको सहभागिता रहेको ।

– कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत २१ मा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै त्रिकोणात्यक सिरिजको ट्रफी हात पारेको ।

– गत वैशाखमा नेपालले त्रिवि मैदानमै टी–२० उपाधि जितेको थियो । घरेलु मैदानमा नेपालले लगातार दोस्रो पटक टी–२० उपाधि हात पारेको ।

– प्रतियोगितामा तेस्रो टोलीका रूपमा मलेसिया रहेको । लिग चरणमा नेपालले चारै खेलमा जित निकालेर फाइनल स्थान सुरक्षित गरेको थियो । पपुवा न्युगिनी र मलेसियाले समूह चरणमा दुई अङ्क मात्र बटुलेका थिए । रनरेटका आधारमा पपुवा न्युगिनीले उपाधि भिडन्तमा नेपालविरुद्धको भेट पक्का गरेको थियो ।

१०. सार्वजनिक स्थलमा धूमपान प्रतिबन्ध गर्ने विश्वको पहिलो मुलुक कुन हो ?

उत्तर – भुटान (२२ फेब्रुअरी, २००५)

११. नेपालको ‘वाटर लु’ भनेर कुन पर्व÷घटनालाई चिनिन्छ ?

उत्तर – अलौ पर्व

१२. नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?

उत्तर – एक

१३. सन् २०२२ अप्रिलमा पाकिस्तानको प्रधानमन्त्रीमा चुनिने राजनीतिज्ञ को हुन् ?

उत्तर – सहबाज सरिफ

– पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का अध्यक्ष सहवाज अप्रिल ११ मा त्यहाँको नयाँ प्रधानमन्त्री चुनिएका ।

– प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावबाट पदमुक्त भएपछि बसेको पाकिस्तानको संसद् बैठकले सहवाजलाई प्रधानमन्त्री चुनेको ।

– खान अविश्वासको प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका ।

– आपूmविरुद्धको अविश्वासको प्रस्ताव रोक्न निवर्तमान प्रधानमन्त्री खानले संसद् भङ्ग गरेका तर सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि अप्रिल ८ मा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।

१४. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कहिलेदेखि लागू भएको हो ?

उत्तर – वि.सं. २०७५ असोज २

१५. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ?

उत्तर – कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ०५:३०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।