पशुपति अन्नपुर्णा आश्रम धार्मिक तथा युवा समिति को आयोजनामा आयोजित रक्तदान तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटको सभापतित्वमा भएको कार्यक्रममा नियमित रुपमा विश्वमै सबैभन्दा बढि पटक रक्तदान गर्ने प्रेम साथमा कर्माचार्यज्युको प्रमुख अतिथिको आतिथ्यमा भएको थियो ।

विशेष अतिथि विरगंज का महानगर प्रमुख विजय कुमार सरावगी, विशेष अतिथि विरगंज महानगरपालिका वडा २२ का वडाध्यक्ष ग्यासुदिन मियाँ मन्सुरी, बिशेष अतिथि पतन्जली योग विग्यान आयुर्वेद औषधालय कम्पनीका प्रमुख युवराज सुवेदी, अतिथि रक्त सन्चार केन्द्र विरगन्ज ईन्चार्ज उदयराज शर्मा लगायत विशिष्ट योगदान पुर्याउने महानुभावहरुको उपस्थिति थियो।

सपथ ग्रहणमा केन्द्रीय अध्यक्ष के बि सम्राटले सवै किसिमका जिल्ला धार्मिक तथा युवा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।





















प्रतिक्रिया