Logo

सुरक्षा/अपराध

४६ वर्षीया महिलाको श्रीमानद्वारा हत्या, अभियुक्त पक्राउ



सिन्धुली : कमलामाई नगरपालिका-६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु भएको   छ । 

उनकै श्रीमान रबि खत्रीले गत जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रबिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : असार ८, २०७८ बुधबार  ४ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।