Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–१२)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।
१. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

उत्तर– वि.सं. २०४७ चैत ४

देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत बचत गर्न प्रोत्साहन गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजीबजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित यो संस्थाले वि.सं. २०४८ माघ १ गतेदेखि कारोबार सुरु गरेको ।

कोषले सर्वसाधारण, विभिन्न सङ्गठित सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा सङ्गठित सङ्घ–संस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत सङ्कलन गरी त्यसरी सङ्कलित बचत रकमलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको ।

कोषले स्वदेश र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजनासमेत सञ्चालन गर्दै आएको ।

कोषले केन्द्रीय कार्यालय काठमाडौँ एवं शाखा कार्यालय पोखरा, विराटनगर र बुटवलबाट सेवाप्रवाह गरिरहेको । यससँगै कोषले

सुदूरपश्चिम प्रदेशको अत्तरियामा शाखा सञ्चालनको प्रक्रिया अघि बढाएको ।

कोषले मर्चेन्ट बैङ्कका रूपमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार, धितोपत्र तथा डिवेन्चरको प्रत्याभूति गर्ने कार्य गरिरहेको साथै दोस्रो बजारतर्फ सेयर तथा डिवेन्चरको खरिद बिक्रीलगायतका पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने जस्ता महìवपूर्ण कार्यसमेत गर्दै आइरहेको ।

कोषलाई सक्षम ट्रस्टी संस्थाका रूपमा स्थापित गराउने, स्वीकृत अवकाश कोष, उपदान तथा पेन्सन कोष एवं बीमा कोषलगायतका कार्यक्रमको दायरा विस्तार गर्नेतर्फ समेत कोष कार्यरत रहेको ।

कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष, उपादान कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, बीमाकोेष योजनाअन्तर्गत निजामती बीमा कोष, शिक्षक बीमा कोष, नार्क बीमा कोष, सैनिक बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, राष्ट्रिय अनुसन्धान बीमा कोष, सरकारी ऋणपत्र, बचत पत्र तथा धितोपत्रमा लगानी जस्ता कार्यक्रम कार्यान्वयनमा रहेका ।

वि.सं. २०७८ पुस मसान्तसम्म कोष रु. एक खर्ब ८४ अर्ब ९० करोड रुपियाँ बराबरको स्रोत परिचालन गर्न सफल भएको । यो अवधिमा कोषले रु. एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको ।

पुँजीगत संरचना

अधिकृत पुँजी ः रु. आठ अर्ब

जारी पुँजीः रु. आठ अर्ब

चुक्ता पुँजीः रु. तीन अर्ब २७ करोड

उपर्युक्त अनुसारको पुँजीगत संरचनामा देहायबमोजिमको सेयर स्वामित्व रहेको ः

१. नेपाल सरकार ः २३.३४ प्रतिशत

२. नेपाल स्टक एक्सचेन्ज लि ः १०.०० प्रतिशत

३. राष्ट्रिय बीमा संस्थान ः ३१.५५ प्रतिशत

४. अन्य बैङ्क तथा वित्तीय संस्था ः १५.११ प्रतिशत

५. सर्वसाधारण ः २०.०० प्रतिशत

२. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?

उत्तर– वि.सं. २०६९

३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

उत्तर– अर्थमन्त्री

४. सरकारद्वारा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई नियुक्त गरियो ?

उत्तर– महाश्रम शर्मा

५. राष्ट्रिय शिक्षक सेवा आयोगको स्थापना कहिले भएको हो ?

उत्तर– वि.सं. २०५५

६. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ?

उत्तर– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

७. जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कुन हो ?

उत्तर– माथिल्लो अरुण जलविद्युत् आयोजना

७. हालै पुनर्निर्माण गरिएको धरहराको उचाइ कति रहेको छ ?

उत्तर– ९२.२५ मिटर

८. झापाको बिर्तामोडमा प्रदेश गौरव भिलेजको स्थापना कहिले गरिएको हो ?

उत्तर– वि.सं. २०७७ फागुन १८

९. जात्रा र पर्वको सहर भनी कुन सहरलाई चिनिन्छ ?

उत्तर– भक्तपुर

१०. हेरिटेज ट्रेक सम्पदा पदमार्गको लम्बाइ कति रहेको छ ?

उत्तर– २.२ किलोमिटर

(विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्म)

११. सुर्खेत–हिल्सा सडकलाई के नामकरण गरिएको छ ?

उत्तर– प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग

१२. महाकावि लक्ष्मीप्रसाद देवकोटाका एउटै नामका दुई कृति के के हुन् ?

उत्तर– पहिलोः वसन्ती (नेपाली झ्याउरे गीतिकाव्य, २००९) र दोस्रो ः वसन्ती

(लघुकाव्य, २०३९)

१३. नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र कहिले प्राप्त गरेको हो ?

उत्तर– वि.सं. २०७४ असार २०

१४. ‘नेपाली कलाको रुपरेखा ः प्राचीन र मध्यकालीन’ नामक कृतिका लेखक को हुन् ?

उत्तर– सत्यमोहन जोशी

१५. देशको जनसङ्ख्याको अनुपातको आधारमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै नागरिक विदेशिने राष्ट्रमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

उत्तर– दोस्रो (पहिलो ः लेबनान)

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ०५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।