Logo

बैंकिङ

महालक्ष्मी विकास बैंकको महालक्ष्मी मिसकल सेवा सञ्चालनमा



कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले, महालक्ष्मी विकास बैंक लि. ले महालक्ष्मी Missed Call सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको यस सेवामाग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथाकर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा Missed Call सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी(Call Back)जानकारी उपलब्ध गराउने छन् । 

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्यावा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ सेवाप्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहनगर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ५ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।