नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल चयन भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा चयन गरेको हो ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको कार्यकाल सकिएसँगै पोड्याललाई चयन गरिएको हो ।
२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । यी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनले यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया