Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–१३)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१. “निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो” भन्ने भनाइ कसको हो ?

उत्तर– अब्राहम लिङ्कन, अमेरिकी पूर्वराष्ट्रपति

२.. थकाली जातिको बाहुल्य होटल व्यवसायमा रहेको छ भने शेर्पा जातिको बाहुल्य केमा रहेको छ ?

उत्तर– पर्यटन

३. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?

उत्तर– दाङ

४. विसु पर्व कहाँ प्रचलनमा रहेको छ ?

उत्तर– सुदूरपश्चिम

– नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ विसु पर्वका रूपमा मनाउने चलन रहेको ।

– विशेषगरी सुदूरपश्चिमका अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा एवं बैतडी जिल्लामा यो पर्व

मनाउने गरिएको ।

– देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने चलन रहेको । देवर नहुने, नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली एवं साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको ।

– विसु पर्वमा घर लिपपोत गर्ने, मिठा–मिठा खानाका परिकार बनाई खाने र विशेषगरी सिस्नु लगाउने प्रचलन रही आएको ।

– शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने, छालासम्बन्धी रोग निर्मूल हुने साथै वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको ।

– वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी तथा अनिकालको समय सुरु हुन सक्ने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर यो पर्व मनाउने चलन रहेको ।

– पछिल्लो समय सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको ।

५. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?

उत्तर– स्टेफन हकिङ

६. तीन पटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?

उत्तर– वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

– उहाँले वि.सं. २०१३ मा हाम्रो लोक संस्कृति कृतिका लागि, वि.सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्राका लागि र वि.सं. २०२८ मा कर्णाली लोक संस्कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको ।

– वि.सं. १९७७ वैशाख ३० मा ललितपुरको इखुम्बहालमा जन्मनुभएका जोशी वि.सं. २०७८ वैशाख ३० मा १०२वर्षमा प्रवेश गर्नुभएको ।

७. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ?

उत्तर– अप्रिल ११

८. अर्थ आवर अभियानको सुरुवात कुन देशबाट भएको हो ?

उत्तर– अस्ट्रेलिया (सन् २००७ देखि)

९. कुर्था–जनकपुर–जयनगरसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन कहिले गरिएको हो ?

उत्तर– वि.संं. २०७८ चैत १९

– धनुषाको कुर्था, जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा भर्चुअल रूपमा शुभारम्भ गरिएको ।

– नेपालले करिब ८५ करोड रुपियाँमा भारतीय कम्पनीसँग खरिद गरेको दुई सेट रेल २०७७ आश्विन २ गते नेपाल आइपुगेको थियो ।

– नेपालमा राणाकालमा वि.सं. १९९४ मा जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालदेखि प्राविधिक कारणले बन्द भएको थियो ।

१०. नेपालको संविधानअनुसार प्रतिनिधि सभा कति सदस्यीय हुने व्यवस्था छ ?

उत्तर– २७५ (प्रत्यक्ष निर्वाचित ः १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ः ११०)

११. प्रदेश सभामा कति प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ?

उत्तर– ६० प्रतिशत (समानुपातिक निर्वाचन प्रणालीबाट ः ४० प्रतिशत)

१२. कुन जलवायुलाई गर्मी ओसिलो जलवायु –ज्यत–धभत अष्mिबतभ) पनि भनिन्छ ?

उत्तर– भूमध्यरेखीय जलवायु

१३. भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

उत्तर– घाँघरा

१४. बारुदी सुरुङमुक्त घोषित पहिलो एसियाली राष्ट्र कुन हो ?

उत्तर– नेपाल

१५. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ?

उत्तर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

१६. जिरो कोभिड पोलिसी कुन देशसँग सम्बन्धित छ ?

उत्तर– जापान

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार ०५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।