Logo

सुरक्षा/अपराध

२०० ग्राम अवैध सुनसहित दुई युवक पक्राउ



लहान : सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिएका छन् । पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।