आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सहुलीयतपूर्ण कर्जा सम्बन्ध्मा सम्झौता भएको छ ।
यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौता भएको हो । यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका का सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा समेत उपलब्ध हुने व्यावस्था गरहेको छ ।
यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सकिने छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, जनक शर्मा पौडेल र आइएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक संदिप अग्रवालले हस्ताक्षर गरेका छन् ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको कम्पनीको दाबी छ ।




















प्रतिक्रिया