Logo

सुरक्षा/अपराध

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 



कञ्चनपुर : २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-१० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र सार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

सार्कीले ती महिलालाई गोठालो गएको बेला चधरा नदी नजिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १४:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।